काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै शाह पार्टी कार्यालयबाट निस्किएका छन् । उनी […]
समाचार
राजीनामा दिएर तामझामसहित घण्टीघर पुगे बालेन शाह, बजाए घण्टी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । मेयर […]
बसको ठक्करबाट ३२ वर्षीया शिक्षकको निधन
प्युठान । बसको ठक्करबाट एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउने शिक्षक नौबहिनी गाउँपालिका–४, खवाङकी ३२ वर्षीया रिमा गिरी हुन् । उनी अन्धनासक मावि लिघाकी शिक्षक थिइन् । आफ्नै घर अगाडि लु. १ ख. ८४७९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी गिरीलाई उद्धार गरी अस्पताल लौजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो ।
जेसीआई मकवानपुरगढीको अध्यक्षमा इरोज न्यौपाने
हेटौँडा । जेसीआई मकवानपुरगढीको वर्ष २०२६ का लागि अध्यक्ष पदमा ईरोज न्यौपाने निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको साधारण सभाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसका कर्मचारी समेत रहेका उनी युवा समाजसेवीको रुपमा स्थापित छन् । कार्यकारिणी उपाध्यक्ष पदमा भने सुवास अधिकारी र सुजन सापकोटा निर्वाचित भएका छन् । […]
पुस महिनामा ५१ हजार बढी घरजग्गाको कारोबार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्ग कोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देशभर पुसमा ५१ हजार ८८८ वटा घरजग्गा कारोबार भएको छ। यो कारोबार मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को तुलनाम यो वर्ष […]
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट
काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ […]
आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेकाे हाे । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ […]
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित
काठमाडौँ । राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो । आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब […]
प्रलोपा कैलालीको सिफारिसमा जनयुद्धका डाक्टरदेखि युवा व्यवसायीसम्म
धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो । जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन […]
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र […]











