मधेसका मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका […]

बिबाहेत्तर सम्बन्धले लियो ज्यान, प्रेमी पक्राउ

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ। कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो। मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता […]

जहाजको टिकटमै चल्छ सोर्सफोर्स

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । अत्यन्त जरूरी काम परेपछि उनले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरे । तर जवाफ सधैंझैं एउटै “टिकट छैन ।” यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीजस्तै धेरैलाई […]

बाबुराम भट्टराई भन्छन् : घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।’ उनले थप भने– ‘घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले […]

आज सकिँदैछ नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय

काठमाडौँ । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा […]

गुण्डुमा एमालेको रक्तदान

blood donation

काठमाडौ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका,वडा नं.७ स्थित गुण्डुमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका जिल्ला अध्यक्ष वचन देउजाले बताएका छन् । अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले जानकारी दिए । […]

इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श

बाँके । कोहलपुरमा शनिबार साहित्यकार शहीद कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ । आयोजक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए । इच्छुक नेपाली बामपन्थी राजनीति र प्रगतिशील साहित्य एवम् जन पक्षीय पत्रकारिता गर्दागर्दै […]

नेपाली कम्युनिस्ट पार्टीमा एकताको सन्देश दिने पहिलो जिल्ला भयो भक्तपुर

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीको गठनसंगै भक्तपुरमा रहेका सो पार्टीमा आवद्ध नेता–कार्यकर्ता उत्साहित देखिएका छन्। करिब एक दर्जन पार्टी/समूह एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शनिवार भक्तपुरमा पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेका हुन् । यसरी औपचारिक कार्यक्रम गर्ने भक्तपुर पहिलो जिल्ला बनेको छ । सूर्यविनायकमा सम्पन्न कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र […]

जेनजी आन्दोलनले नेपालमा जवाफदेही र पारदर्शी शासनप्रति जन अपेक्षा बढाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवमा आज सहभागी भइन्। अस्ट्रेलियाली राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले दुई देशबीचको दिगो मित्रता, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यको स्मरण गर्दै शुभकामना व्यक्त गरिन्। प्रधानमन्त्रीले जेनजी आन्दोलनले नेपालमा जवाफदेही र पारदर्शी शासनप्रति जन अपेक्षा बढाएको उल्लेख गर्दै अब […]

उपभोक्ता हितमा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना

banijya bibhag

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त जरिबाना तिराइएको […]