सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।

सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् ।

खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

उनी फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।