कांग्रेस विवाद : निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको रिटमा आज पेसी

काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।

आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको लागि तोकेको थियो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो ।