इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श

बाँके । कोहलपुरमा शनिबार साहित्यकार शहीद कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ । आयोजक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए । इच्छुक नेपाली बामपन्थी राजनीति र प्रगतिशील साहित्य एवम् जन पक्षीय पत्रकारिता गर्दागर्दै […]

नेपाली कम्युनिस्ट पार्टीमा एकताको सन्देश दिने पहिलो जिल्ला भयो भक्तपुर

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीको गठनसंगै भक्तपुरमा रहेका सो पार्टीमा आवद्ध नेता–कार्यकर्ता उत्साहित देखिएका छन्। करिब एक दर्जन पार्टी/समूह एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शनिवार भक्तपुरमा पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेका हुन् । यसरी औपचारिक कार्यक्रम गर्ने भक्तपुर पहिलो जिल्ला बनेको छ । सूर्यविनायकमा सम्पन्न कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र […]

जेनजी आन्दोलनले नेपालमा जवाफदेही र पारदर्शी शासनप्रति जन अपेक्षा बढाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवमा आज सहभागी भइन्। अस्ट्रेलियाली राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले दुई देशबीचको दिगो मित्रता, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यको स्मरण गर्दै शुभकामना व्यक्त गरिन्। प्रधानमन्त्रीले जेनजी आन्दोलनले नेपालमा जवाफदेही र पारदर्शी शासनप्रति जन अपेक्षा बढाएको उल्लेख गर्दै अब […]

उपभोक्ता हितमा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना

banijya bibhag

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त जरिबाना तिराइएको […]

ताराप्रसाद घिमिरेको अध्यक्षतामा बाबियाखर्क साकोसमा नयाँ नेतृत्व

काठमाडौं । काठमाडौं-३१ शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको २९ औं वार्षिक साधारण सभाबाट ताराप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । घिमिरे अघिल्लो सञ्चालक समितिमा उपाध्यक्ष रहेका थिए । संस्थाको संस्थापक सदस्य समेत रहेका घिमिरे महालेखा परीक्षकको कार्यालयका सेवा निबृत्त […]

डलर, युरो, र दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी […]

शैलुङमा सवारी दुर्घटना, एकको निधन १७ घाइते

दोलखा । शैलुङ्ग गाउँपालिकामा अपराह्न करिब ४:२० बजे भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। काठमाडौं मच्छेगाउँबाट शैलुङ्ग घुम्न आएका पर्यटक फर्कने क्रममा गाउँपालिका–६, शैलुङ्ग फेदी कालापानी क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए। दोलखा, गौरीशंकर गाउँपालिका–१, जुंगुका ४५ वर्षीय गोकुल कार्कीले […]

सन्तोष परियारले छोडे रास्वपा, प्रचण्ड कि जनार्दनसंग जोडिने सकस

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्। उनले पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै शुक्रवार पत्रमार्फत् औपचारिक राजीनामा बुझाएका हुन्। परियारले आफूले पार्टीमा रहँदा देश र समाजका लागि सकेसम्म योगदान दिन प्रयास गरे पनि पछिल्ला घटनाक्रमले पार्टीको मूल विचार, संगठनात्मक प्रणाली र राजनीतिक यात्रासँग आफू सहमत […]

आधा भन्दा बढी फाइनान्स कम्पनी घाटामा

काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको संयुक्त बैठक भक्तपुरमा बस्दै

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको संयुक्त बैठक भक्तपुरमा बस्ने भएको छ । बैठकलाई शुक्रबार अपराह्न भक्तपुरको नगरकोटमा पार्टीका केन्द्रीय कार्यावाहक सभापति पूर्णबहादुर खड्का र बागमती प्रदेशका मुख्य मन्त्री समेत रहेका प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबारसम्म चल्ने बैठकका लागि नयाँ थिमिको […]