१ सय १५ अर्ब १० कराेड बेरुजुमा सरकार, कुन मन्त्रालयकाे बेरुजु कति ?

काठमाडाैं, १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ […]

७१ लाख नाफामा चढ्याे रिडी हाइड्रोपावर

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ करोड २२ लाख रहेको छ भने जगेडा कोष ४ करोड ३५ लाख रहेको […]

चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । […]

कांग्रेस नेता सिटौलाको घरमा मध्यरातमा बम विष्फोट, घरमै रहेका सिटौला सकुशल

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फाेट भएकाे छ । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि […]

बाबुराम र नारायणकाजीमाथि लाखौ रुपैयाँको बाजी

गाेरखा, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने […]

बंगलादेश विद्यार्थी पठाएर करोडौ कुम्ल्याउनेहरुको धन्धा बन्द हुने, बंगलदेशका मेडिकल कलेज कालोसूचीमा

काठमाडाै, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) […]

अन्तिममा अाएर वाम गठबन्धनका एक उम्मेदवारकाे उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा तनाव

काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका साझा उम्मेदवार शिवपूजन रायको उम्मेदवारी रद्द गरेको छ । राय पहिलो संविधानसभामा सदस्य रहेका बेला आफूले पाएको कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति भएको हुनाले उनले उम्मेद्वारी दिन नपाउने भन्दै उनि विरुद्ध उजुरी […]

मतदान अधिकृतकै झोलामा भेटिए हस्ताक्षर गरिएका ५० मतपत्र, अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब […]

मतपेटिकालार्इ लक्षित गरी बम प्रहार

जाजरकाेट, ११ मंसिर । अाइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट भएको छ। सोमबार बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। ‘कुशे गाउँपालिका–१ को रोलखोला भन्ने […]

ट्रककाे ठक्करबाट तीन जनाकाे मृत्यु

काठमाडाैं, ११ मंसिर । कपिलबस्तु र चितवनमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कपिलबस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा ना.२ ख ९९२९ नम्बरको ट्रकले लु. १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय […]