७१ लाख नाफामा चढ्याे रिडी हाइड्रोपावर

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ करोड २२ लाख रहेको छ भने जगेडा कोष ४ करोड ३५ लाख रहेको छ ।

कम्पनीले विद्युत् बिक्रीबाट सो अवधिमा १ करोड ३३ लाख आर्जन गरेको छ ।

Loading...