भक्तपुर, १६ साउन । पैंतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैल ः अर्थात भैरव नाच यसवर्ष आगामी २५ गते बुधबारदेखि शुरु हुनेभएको छ । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गनलगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी पूरा भएको लायकू भैलः सञ्चालन समितिले आज जानकारी दिएको छ […]
समाचार
जुम्लामा दलित नेता जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित
जुम्ला, १६ साउन । जुम्ला जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लालबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको सयुंक्त उम्मेदवारका रूपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित भएका हुन । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली […]
टेलिकमले ल्यायो यस्तो विशेष छुट योजना
काठमाडौँ, १६ साउन । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ टेलिकमले उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । यो […]
घरघरमै स्वास्थ्य सेवा दिने कार्यक्रम कामनपाको सुरु भएको केही दिनमै बन्द
काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत […]
महाविरको आविष्कार केन्द्रलाई जुट्दैछ सहयोग
बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले […]
राजनीतिक संस्कृति र माओवादी
चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, […]
काठमाडौंका सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा
काठमाडौं, १६ साउन । सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएका छन् । महाशाखा प्रमुख भएर आएको केही समयमा नै उनको फेरि चर्चा हुन […]
काठमाडौंको एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले गर्यो काँडाघारीबाट उद्धार
काठमाडौं, १६ साउन । काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत बालक विशाल चौेधरीलाई यही साउन १२ गते अज्ञात समूहले अपहरण गरेको थियो । विद्यालयबाट घर […]
प्रहरीलाई हत्या गर्ने आरोपी महिला पक्राउ
धादिङ, १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील […]
करोडौं कमिसन खाएर निगमले गर्यो निजी जग्गा खरिद
काठमाडौं, १६ साउन । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले […]