१४ वर्षीय बालिकाका हत्यारा ६ वर्षपछि दिल्लीको अस्पतालमा यसरी पक्राउ परे

Rape

काठमाडौं, १३ असार । चौध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो। २०६८ माघ ५ […]

मोदीको ‘जीएसटी’ नीतिले नेपाली बजारमा पार्यो यस्तो असर

Narendra-Modi

काठमाडौं, १३ असार । लण्डनबाट प्रकाशित हुने ‘दी इकोनोमिष्ट’ को २४ जुनको अनलाइन संस्करणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालका दुई उपलब्धि उल्लेख छन्, अमौद्रिकीकरण र वस्तु तथा सेवाकर (जीएसटी) लागू गर्ने निर्णय। १ जुलाईबाट लागू हुने जीएसटीलाई अमौद्रिकीकरणकै हाराहारीको उपलब्धिका रूपमा पत्रिकाले विश्लेषण गरेको छ। नेपाल, भुटानजस्ता भारतीय मुद्रामै व्यापार गर्ने मुलुकलाई अमौद्रिकीकरणको सिधा असर […]

सरकारी ढुुकुटीमा थुप्रियो २ खर्ब ६३ अर्ब

nepal-rastra-bank

काठमाडौं, १३ असार । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहुँदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकले सरकारको ढुकुटीमै बचत भएको यो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव […]

अध्यागमन, प्रहरी, नागरिक उड्डयन र एयरलाइन्सका कर्मचारी मानव तस्करको जालोमा

kathmandu-Airport

काठमाडौं, १३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण दिनहुँजसो गलत कागजात भएका व्यक्तिले प्रस्थान (डिपार्चर) अनुमति पाएको भेटिएको छ। अध्यागमनका कर्मचारीले असार ७ गते दुबई गएका एक नेपालीको भिसामा नागरिकता ‘भारतीय’ उल्लेख भए पनि प्रस्थान अनुमति दिए। कामको सिलसिलामा दुबई जान लागेका नेपाली नागरिक मनोजकुमार साहको प्रवेशाज्ञामा गल्तीवश ‘भारतीय नागरिक’ […]

पूरै गाउँमा १७ भोट । त्यही मतपत्र पनि हेलिकप्टरमा ओसारिने

ताप्लेजुङ, १३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान […]

बेल्ट एण्ड एण्ड रोड’ नामक चिनियाँ अवधारणालार्इ नेपालले यसरी अघि बढायो

Nepal- OBOR

काठमाडौं, १३ असार । सरकारले चिनियाँ अवधारणा बेल्ट एन्ड रोड (बीआरआई) अन्तर्गत परियोजना छनोट तथा कार्यान्वयन अघि बढाउन दुई उच्चस्तरीय संयन्त्र गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले गत बिहीबार बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत परियोजना छनोट तथा कार्यान्वयनलाई सहजीकरण गर्न परराष्ट्र र अर्थ सचिवस्तरमा भिन्दाभिन्दै समिति गठन गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी नेतृत्वमा गठित उच्चस्तरीय समितिले अर्थ, […]

दार्जिलिङमा नेपालीभाषीमाथि भएकाे दमनका विरूद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ । संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि […]

निगमकाे बाेइङ ४ दिनदेखि ग्राउन्डेड । दाेहा, मलेसिया र बैङ्ग्लाेरका उडान प्रभावित

NAC-New-Aircraft

काठमाडाैं, १२ असार । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि चार दिनदेखि ग्राउन्डेड छ । यो विमान ग्राउन्डेड भएपछि निगमको दोहा, क्वालालम्पुर, बैंग्लोर उडान प्रभावित भएका छन् । निगमका एक अधिकारीका अनुसार नाइनएन एसीबी कल साइन भएको गण्डकी नामको विमानको दायाँ इन्जिनमा नियमित चेकजाँचका क्रममा इन्जिनियरहरूले समस्या पत्ता लगाएका थिए । […]

Nepal’s security challenges

The National Security Policy 2016, recently ratified by the cabinet, lists foreign intervention, open international border, border encroachment, infiltration and fuel/ energy crisis as major security challenges for the country. Similarly, transition into new governance system, political instability and polarisation, entrenched communalism and regionalism have been mentioned as internal security threat. The document further lists […]