भुकम्पले थिलथिलो पारेको सिंहदरबार जोगाउन प्लास्टिकको ओत हालियो

Singhdurbar

काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । विसं २०७२ वैशाख १२ गतेको […]

वैदेशिक राेजगारीले यसरी भत्कायो परिवार र नेपाली समाज

संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा ।  -लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए […]

हजाराै प्रदर्शनकारीलार्इ गिरफ्तार गर्दै जी २० शिखर सम्मेलन सुरु

merkel-G20-summit

अाशिष दर्नाल काठमाडाैं, २३ असार । जर्मनीकाे हैम्वर्ग सहरमा जी २० शिखर सम्मेलन सुरु हुनुअघि ठूला ठूला प्रदर्शन भएका छन् । साे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएकाे छ । जर्मन प्रहरीले प्रदर्शनमा सहभागी हजाराैलार्इ गिरफ्तार गरेकाे छ । जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रमुख नेताहरु हैम्वर्ग पुगेका छन् । अमेरिकी राष्ट्रपति […]

न डाक्टरको विश्वास न त बैद्यप्रति नै भराेसा । दुबै सुक्न लागेका बुढा रुख

Baburam-bhattarai

काठमाडौं, १७ असार । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका । भट्टराईले पार्टीलाई नै चुनावमा जोतेका छन् भने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल क्रान्तिकारी उपयोगमा । जनतालाई […]

गृहमन्त्री जनार्दनलार्इ विप्लवकाे चेतावनी दिँदै पत्र

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार नेता-कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गृहमन्त्री प्रभाकरलाई कडा चेतावनी दिएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता-कार्यकर्ताहरुलाई रिहा नगरे परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी देउवा सरकार र जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ देश, जनता, क्रान्ति र […]

मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार

काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]

मेरिटका आधारमा मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन

काठमाडौँ, २३ असार । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम (मेरिट) का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम (मेरिट) अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले […]

राजपा भित्रकाे विवाद चरम उत्कर्षमा

rajapa

काठमाडाैं, २३ असार । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । […]

भिजिट भिसामा विदेश पठाएर कराेड कुम्ल्याउनेहरुकाे यस्ताे जालाे

काठमाडौं, २२ असार । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् ।  तस्करले सेटिङ गरी भिजिट भिसामा […]

देउवालार्इ कांग्रेसभित्रकाे गुट भयाे ठूलाे भारी । भागबन्डा मिलेेमा अाज मन्त्रीमण्डल विस्तार

Sher Bahadur Deuba

काठमाडाैं, २२ असार । चर्काे विवादकाबीच अाज प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । अाफ्नै पार्टीभित्र कुरा नमिलेकाे भए पनि उनले केहि मन्त्रीहरु थप्न लागेका हुन् ।  विवादकै कारण अाजसम्म मन्त्रिमण्डल विस्तार हुन सकेकाे थिएन । दाेस्राे चरणकाे निर्वाचनमा असर पर्ने देखेर देउवाले चुनावपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । चुनाव सकिएकाे […]