प्राविधिकको सल्लाहबिना निर्माण गर्दा २ को मृत्यु

फिदिम, ७ साउन । मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे । तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो । मूर्ति […]

जेलबाट फरार दुई कैदी पक्राउ, एक अझै फरार

राँझा, ७ साउन । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै उनीहरुको […]

मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ

पोखरा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको […]

सङ्घीय संसद्का कामकारवाहीबारे कर्णालीमा छलफल

सुर्खेत, ७ साउन । गत आर्थिक वर्ष २०७५/७६ को असार महीनामा सङ्घीय संसद्मा भएका कामकारवाहीबारे कर्णाली प्रदेशमा छलफल भएको छ । नेपाल कानून समाजअन्तर्गत नागरिक संवाद केन्द्र कर्णाली प्रदेश कार्यालयको आयोजनामा सङ्घअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत विधेयक, प्रतिवेदन र विभिन्न संसदीय समितिको काम कारवाहीबारे सोमबार सुर्खेतमा छलफल भएको हो । छलफलमा सरकारले निर्माण गर्ने कानूनमा […]

गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

७ साउन, वीरेन्द्रनगर । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल […]

अज्ञात रोगबाट २१ बाख्रा मरे

७ साउन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् […]

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ

७ साउन, मुग्लिन । चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा।लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

७ साउन, नरायणगढ । मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा […]

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल

७ साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार […]