साउन १२ गते अब मादल प्रतियोगिता हुँदै

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]

याैन धन्दामा सम्लग्न हाेटल सञ्चालकसहित तीन पक्राउ

दाेलखा, ३१ असार । दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी […]

तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका

काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]

विमान दुर्घटनाको छानबिन औपचारिकता मात्रै सीमित

काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ । आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, […]

बाहिरी चक्रपथ निर्माणको काम सहरी मन्त्रालयले नै रोक्यो

काठमाडौं, ३० असार । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको […]

मध्य वर्षामा भीषण आगलागी हुँदा सात करोडको नोक्सानी

इटहरी, ३० असार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा बिहीबार राति १२:३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्‌को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत […]

भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो

काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु […]

उज्वेकिस्तानी युवतीका लागि काठमाडाैं विमानस्थलमा खतरानाक सेटिङ

काठमाडौं, ३० असार । नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेर अध्यागमनका कर्मचारीको ‘सेटिङ’ मा भारतको दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढिसकेकी उज्वेकिस्तानी युवती पक्राउ परेकी छन् ।गैरकानुनी ढंगले नेपालमा बिनाभिसा (ओभर स्टे) बसेकी उज्वेक युवती नाजोकात जारिपोरालाई विमानस्थल अध्यामगनका कर्मचारीले गत सोमबार जेट एयरलाइन्सबाटै पक्रेका हुन् । जारिपोराले नेपालको भिसामा किर्ते गरेर मिति सच्याएकी थिइन् […]

दुर्इ शताब्दीसम्म पनि भानुभक्त उत्तिकै चर्चित

काठमाडौं, २९ असार । अादिकवि भानुभक्त अाचार्यको स्मृतिमा देशभर २ सय ४ अाैं जन्मजयन्ती मनाइदैछ । दुर्इ शताब्दी लामो समयसम्म पनि कवि भानुभक्त उतिकै सशक्त छन र अाम नेपालीभाषी माझ चर्चित छन् । तनहुँकाे चुँदी रम्घामा जन्मिएका भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि मानिन्छन । उनी वि.सं. १८७१ साल असार २९ गते उनकाे जन्म भएकाे थियाे […]

मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौँ, २९ असार । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश […]