इटहरी, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]
समाज
डा महतमाथि सार्वजनिक कार्यक्रममै खड्काले किन हिर्काए टाउकोमै बोत्तल? यस्तो छ कारण (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, ४ चैत । कुरा विहीबार साँझ पाँच बजेतिरको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमै आक्रमण भयो । त्यो पनि सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका बेला । उनको टाउकोमा एक युवाले पानिको बोत्तलले हिर्काए । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतबेंसीमासुरु भएको ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय […]
‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !
काठमाडौँ, ३ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् । स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् । सोही अवसरमा […]
तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !
काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने […]
ब्लोदानले मनायो रजत जयन्ति तथा तेस्रो राष्ट्रिय रक्तदाता दिवस
काठमाडौ, ३ चैत । नेपालका राष्ट्रिय रक्त कार्यक्रममा स्वयंमसेवी रक्तदानको क्षेत्रमा सक्रिय भूमिका निभाईरहेको राष्ट्रिय संस्था ब्लोदानको स्थापना दिवसको अवसरमा विना सोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं भन्ने नारा सहित नेपालको प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पण गरेर काठमाडौमा आयोजना गरिएको ब्लोदानको स्थापनाको रजत जयन्ती तथा तेश्रोे राष्ट्रिय रक्तदाता दिवस […]
हुम्लामा हिउँ परेपछि कृषक हर्षित
हुम्ला, २ चैत । विहीबार दिनभरीको हिमपातले हुम्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि कृषक हर्षित भएका छन् । हुम्लामा अहिले चौथो पटक हिमपात भएको हो । हिमपात भए पनि हिउँदमा जति हिउँ पर्नु पर्ने हो त्यो अनुसार पर्न नसकेको स्थानियवासीको भनाई छ । हिमपातले यातायातको एक मात्र माध्यम सिमकोट विमानस्थल बन्द हुँदा […]
यसरी थर्काएर घुस लिन्छन् भैरहवा भन्सारका महिला कर्मचारी (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, २ चैत । सेवाग्राहीबाट घुस लिएर मात्रै काम गर्ने रोगबाट नेपाली कर्मचारी ग्रस्त छन् । यो नयाँ होइन । जनताको करबाट तलब खाएर उल्टै जनताबाटै घुस खाने प्रवृतिको शिकार सर्वसाधारण भइरहेका छन् । कर्मचारी पाल्न आफ्नो कमाईबाट कर पनि तिर्नुपर्ने र कामको लागि कार्यालय पुग्दा फेरि घुस दिनुपर्ने अवस्था यहाँ छ । जति भाषण […]
रातारात किशाेर युवती गायब हुन थालेपछि सिन्धुपाल्चोकमा ठूलो सनसनी, ३० किशोरी गायव
सिन्धुपाल्चोक, १ चैत । गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म […]
नेपालका हिमालमा धेरै पुराना शव जस्ताको तस्तै भेटिन थालेपछि आरोही त्रसित
काठमाडाैं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको […]
उपभोक्तामाथि चरम ठगी, कालोबजारियाहरुलार्इ जिस्काएझै मात्र गर्छ सरकार
काठमाडौं, १ चैत । उपभोक्ताको अधिकार तथा आवश्यकताका बारेमा सरोकारवाला निकायलाई जानिकारी गराउने तथा झकझकाउने उद्देश्यसहित बिहीबार नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाईंदैछ । हरेक वर्ष मार्च १५ का दिन यो दिवस मनाउने गरिएको छ । विशेष गरी उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने […]











