बेच्नका लागि कञ्चनपुर पुर्‍याइएका १८ बालबालिका प्रहरी नियन्त्रणमा

अछाम, २५ जेठ ।  भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ […]

घर झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ । बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा […]

जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण

दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् […]

लोकसेवा आयोगले निर्माण गर्यो ‘रणनीतिक योजना’

काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई […]

देशका विभिन्न स्थानमा बदली र वर्षा, केही दिनभित्रै मनसुन भित्रने

काठमाडौं । प्रिमनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्को भाषामा केही […]

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु

धनुषा ।  धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको हो । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला […]

आयल निगमले हचुवाका भरमा इन्धनको मुल्य बढाएपछि बजारमा चौतर्फी असर

काठमाडाैं, २१ जेठ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो । शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल […]

मोरङका पत्रकार गिरीमाथि सांघातिक आक्रमण

मोरङ। मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा गएराति पाँच/सात जनाको समुहमा आएका व्यक्तिले आफुमाथि आक्रमण गरेको उनले बताए । रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार गिरी बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक हुन् । […]

३३ किलो सुनकाण्डका अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

काठमाडौं । तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए। आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने  घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् ।  घलेले नै […]

राष्ट्रकवि घिमिरे फेरि अस्पाल भर्ना

काठमाडौँ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरे अस्पताल भर्ना भएका हुन् । घिमिरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका […]