लोपोन्मुख अवस्थाको भैरव नाचको तयारी पूरा

भक्तपुर, १६ साउन । पैंतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैल ः अर्थात भैरव नाच यसवर्ष आगामी २५ गते बुधबारदेखि शुरु हुनेभएको छ । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गनलगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी पूरा भएको लायकू भैलः सञ्चालन समितिले आज जानकारी दिएको छ […]

टेलिकमले ल्यायो यस्तो विशेष छुट योजना

काठमाडौँ, १६ साउन । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ टेलिकमले उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । यो […]

घरघरमै स्वास्थ्य सेवा दिने कार्यक्रम कामनपाको सुरु भएको केही दिनमै बन्द

काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत […]

महाविरको आविष्कार केन्द्रलाई जुट्दैछ सहयोग

बागलुङ, १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका लागि यहाँ सञ्चालन गरिएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको अभियानबाट हालसम्म ६० हजार संकलन भएको छ । विभिन्न संस्था र व्यक्तिबाट उक्त रकम सहयोग आएको युवा समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । “चारजनाले […]

काठमाडौंका सडकमा आतङ्क मच्चाउने गुण्डाका ट्रिपर बन्द गर्ने डिआइजी खनालको घोषणा

काठमाडौं, १६ साउन । सर्वेन्द्र खनाल काठमाडौंको प्रहरी प्रमुख हुँदा धेरै गुण्डाहरुको भागाभाग भएको चर्चा निकै चल्ने गरेको थियो । उनले सहरका गुण्डा नियन्त्रण गर्न राजनीतिक दवावलाई पूरै छिचोलेर काम पनि गरे । तिनै खनाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएका छन् । महाशाखा प्रमुख भएर आएको केही समयमा नै उनको फेरि चर्चा हुन […]

काठमाडौंको एक स्कूलबाटै अपहरित बालकलाई प्रहरीले गर्यो काँडाघारीबाट उद्धार

काठमाडौं, १६ साउन । काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो । पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत बालक विशाल चौेधरीलाई यही साउन १२ गते अज्ञात समूहले अपहरण गरेको थियो । विद्यालयबाट घर […]

प्रहरीलाई हत्या गर्ने आरोपी महिला पक्राउ

धादिङ, १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील […]

अब वसन्तपुर दरवार क्षेेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने

काठमाडाैं, १६ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका […]

अवैध सम्बन्ध राखेको भन्दै सन्तोलियालाई आफ्नै बाबु र दाईले हत्या गरेको खुलासा

महोत्तरी, १५ साउन । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते […]

फेवातालको दबदबे लेदोमा जीप खस्यो । १ को मृत्यु ५ घाइते

पोखरा , १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी […]