यसरी बदलिदैछ नेपाली सेनाको संरचना

काठमाडौं, १८ साउन । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो। सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय […]

आयल निगममा टेन्डर प्रक्रिया नै भ्रष्टाचारको जरो

काठमाडौं, १८ साउन । व्यवस्थापिका संसद् अर्थ समितिअन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्टाचारको बाटो बनेको ठहर गरेको छ। अर्थ उपसमितिले नियतवशः भण्डारण गृह निर्माण गर्न जग्गा अधिग्रहण ऐनअनुसार जग्गा प्राप्ति प्रक्रियामा निगम नगएको छ। उपसमितिको मंगलबारको बैठकमा संयोजक अब्दुल रजाक गद्दीले भने, ‘भौतिक पूर्वाधार निर्माण गर्न […]

अख्तियारको नियन्त्रणमा ज्वाइ सरह बसेका शर्मालाई प्रहरी हिरासतमा लिन सर्वोच्चको आदेश

काठमाडौं, १७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई प्रहरी हिरासतमा राख्न आदेश गरेको छ । कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार अनुसन्धान आयोगद्वारा पक्राउ परेका शर्मा अहिलेसम्म अख्तियारको नियन्त्रणमा रहेका छन् । सर्वोच्चको यो आदेशसँग अब शर्मालाई प्रहरीको हिरासतमा लगिने भएको छ । अख्तियारको नियन्त्रणमा उनी उच्च सुविधासहित […]

‘शिक्षा क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार लज्जाजनक’

काठमाडौं, १७ साउन । नीतिगत रुपमै बढ्दै गएको भ्रष्टाचारले संस्कार, संस्कृति र प्रणालीलाई नै ध्वस्त तुल्याउँदै गएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरीह बनेको भनी चिन्ता व्यक्त गरिएको छ । व्यवस्थापिका संसद्, सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा नीतिगत निर्णय गर्ने बहानामा भ्रष्टाचारलाई प्रोत्साहन गरेको भनी सरकारको आलोचना गरियो । महाभियोगको डरले परिणाम देखाउने गरी […]

हत्या गरी मलेसिया, कम्बोडिया, भियतनाम बसी फर्केका व्यक्ति १५ वर्षपछि प्रहरी फन्दामा

झापा, १७ साउन । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका […]

प्रधानमन्त्री कार्यालयलाई नै झुटो प्रतिवेदन । तै चुप मै चुप

काठमाडौं, १७ साउन । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पूरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले ‘खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो रिपोर्ट पठाएको’ बताए। ‘कतिपय रिपोर्ट हेर्दा विश्वास नलागेर हामी स्थलमै पुगेका थियौं,’ प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र […]

अपराध बढ्दो : एक वर्षमा ११ सय ३९ बलात्कार, ६ सय १७ हत्या

काठमाडौं, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ। विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन्। गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३र७४ मा ३१ हजार चार सय ६२ वटा अपराध […]

विमानस्थलबाट सुन तस्करीमा प्रहरीको मिलेमतो बढी

काठमाडौं, १७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ। प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो। विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ। मानन्धर विमानस्थलमै कार्यरत थिए। मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० […]

विद्यालय गेटबाट बालक अपहरण गर्नेमा आफन्तकै हात

काठमाडौं, १७ साउन । बालक विशाल चौधरीको अपहरण कान्डमा उनका आफन्त नै रहेको अनुमान गरिएको छ । नेपाल प्रहरीले यसको पूरा विवरण सार्वजनिक नगरे पनि अनुसन्धान भने बालककै आफन्तहरुमाथि बढी सोझ्याइरहेको थाहा भएको छ । राजधानीको क्षेत्रपाटीस्थित एक निजी स्कूलको गेटबाट अपहरित ५ वर्षीय बालक विशाल चौधरीको अपहरण आफन्त वा चिनजानकै व्यक्तिबाटै भएको दाबी प्रहरीको […]

किताब छाप्न र बेच्न सकिने सजिलो प्रविधि आयो

काठमाडौं । अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पुरयाउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोबास […]