नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने

काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]

शिक्षकलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर तालिम

पाल्पा, २१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण […]

शैक्षिक पर्यटन प्रवद्र्धन गर्न ‘सीताराम मिनी सङ्ग्रहालय’ सुरु

बझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, […]

सातै प्रदेशमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने

काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो। यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो […]

१५ दिनमा १ अर्ब नाफा गर्न आयल निगमले बढायो इन्धनमा २ रुपैयाँ मुल्यबृद्धि

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा निगमले मुल्य बढाएको हो । निगमले सबैमा २-२ रुपैयाँ मुल्य वृद्धि गरेको छ । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ […]

रत्नराज्य माविले पायो नयाँ भवन

काठमाडौं । मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुनस् निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठाउँमा मुआब्जाको खेलमा धमाधम घर बनाइदै, १४०० सुकुम्वासीले गरे कब्जा

बारा, १९ माघ । बाराको निजगढमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मुआब्जा पाउने आशमा धमाधम घर बनाउने क्रम बढेको छ । २०५१ सालमा सम्भाव्यता अध्ययन भएको यो विमानस्थल केहविर्षदेखि सरकारले राष्ट्रिय  गौरवको आयोजनामा पनि राखेको छ । तर, विमानस्थल बन्ने छाँटकाँट अझैसम्म देखिएको छैन । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह […]

क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण

काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित […]

खोटाङमा लाटोकोसेरो तथा हुचिल उत्सव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरू नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका थिए । ‘किसानको साथी’का रूपमा […]

पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]