‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

लमजुङ, २६ भदौ । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा आज साँझ उहाँको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको नाति सुबोध लौडारीले बताउनुभयो । चिकित्सकका अनुसार उहाँलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा […]

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ […]

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु

डोल्पा, २६ भदौ । जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ । समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको […]

सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

काठमाडौँ, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ । ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य […]

१६ जिल्लामा बाल स्वास्थ्य टोली

काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको […]

बारेकोटमा औषधि अभाव

जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो । दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए । दैनिक ४० भन्दा […]

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशै अगाडि वितरण गरिने

काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत […]

बाढीले निकुञ्जको पर्या–प्रणालीमा प्रभाव पर्दा वन्यजन्तु खतरामा

चितवन, २६ भदौ । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पु¥याएको छ । कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरू मानव बस्तीमा पस्न थालेका छन् । […]

अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

धनगढी, २६ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भन्नुभयो– “बिक्रेताले चर्को मूल्यमा […]

सडक नभत्काएर अत्याधुनिक प्रविधिबाट उपत्यकामा तार बिच्छ्याउँदै प्राधिकरण

काठमाडौं, २६ भदाै । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत् प्राधिकरणले ओभरहेड वितरण प्रणालीमार्फत तारको व्यवस्थापन गरिरहेकोमा यसले सहरलाई कुरूप बनाएको तथा दुर्घटनाको जोखिम बढाएको […]