दोलखा, १ चैत । दोलखामा मजदुर बोकेको बस दुर्घटनामा परेको छ। बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुलाई कार्यस्थलतर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। बा.४. ख ४५७३ नम्बर बस दुर्घटनामा परेको शसस्त्र प्रहरी बल १८ नम्बर गुल्म […]
समाज
धनकुटाका एक किसानले छोराको बिहेमा २ विमान चार्टर गरेर लिए जन्ती
धनकुटा, १ चैत । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन तार्टर गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका-८, मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई […]
निर्मला हत्यामा एसपी विष्ट र डिएसपी जिसीविरुद्ध पक्राउ पुर्जी जारी
कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पुर्जी जारी गरेको हो […]
कोठा नम्बर ५ बाट उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ
बारा, २९ फागुन । सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुसवाहा पक्राउ परेका छन् । प्रहरीले कुसवाहलाई बाराकै निजगढमा रहेकाे एक हाेटलबाट बुधबार पक्राउ गरेको हाे । निजगढ-९ मा रहेकाे गुरुङ होटेलको कोठा नम्बर ५ बाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याइएको छ । घटनास्थल निजगढ सिम्रौनगढबाट ४० किमि उत्तरमा पर्छ ।सिम्रौनगढ नगरपालिकाकी […]
तीन करोड ठग्ने महिला धरौटी बुझाउन नसकेर जेल
पोखरा । बाग्लुङमा विभिन्न व्यक्तिहरुबाट पैसा उठाएर भागेकी एक महिला अन्ततः जेल पुगेकी छन् । बाग्लुङ घर भई पोखरा लेखनाथमा बस्दै आएकी सरिता कुमारी रानालाई कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । सरिताले सयौं व्यक्तिहरुसँग पैसा मागेर अन्ततः सबैको सम्पर्कबाट वेपत्ता भएकी थिइन । राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र आफ्नो […]
विद्युतको बक्यौता नतिर्नेको लाइन काटियो
दमौली, २९ फागुन । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महशुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका […]
जापान र नेपालबीच अन्तत भयो सहमति, ठूलो संख्यामा नेपाली जापान लगिने
काठमाडौं, २९ फागुन । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा समझदारी जुटेको छ । केही दिनमै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेकाे बुझिएकाे छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकमा पेश हुने क्रममा रहेकाे बताइएकाे छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने […]
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन धुर्मुस–सुन्तलीले स्थानीयवासीसँग गरे अन्तरक्रिया
चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना […]
१५० कृतिका लेखक चर्चित भिक्षु अश्वघोषको स्वास्थ्य चिन्ताजनक
काठमाडाैं । थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित ९४ वर्षीय अश्वघोष ग्रान्डी अस्पतालमा उपचाररत छन्। करिब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अश्वघोषले १ सय ५० कृति प्रकाशन गरेका छन्। उनी अखिल भिक्षु महासंघका सल्लाहकारसमेत रहेका भिक्षु तपस्वीधम्मले जानकारी […]
लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार पदका लागि विज्ञापन आह्वान
काठमाडौं, २९ फागुन । लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र […]











