माथिल्लो तामाकोशीमा काम गर्ने मजदुर बोकेको बस दुर्घटना हुँदा ठूलो क्षति

दोलखा, १ चैत । दोलखामा मजदुर बोकेको बस दुर्घटनामा परेको छ।

बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुलाई कार्यस्थलतर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

बा.४. ख ४५७३ नम्बर बस दुर्घटनामा परेको शसस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरीकोटका प्रमुख डिएसपी किरण कुमार कठायतले बताए। उनका अनुसार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लम्जुङ मर्स्यांदी गाउँपालिका–३ का ४४ वर्षीय हिरा प्रसाद मिजारको घटनास्थलमै मृत्यु भएको हो।

उनले उकालो बाटोमा घुमाउन नसकी बस सडकबाट अन्दजी १५ मिटर तल खसेर दुर्घटनामा परेको बताए। त्यस्तै वसमा सवार १२ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको उद्धार कार्यमा प्रहरी र स्थानीयवासी लागेको छन्।

Loading...