७५ प्रतिशत हाजिरी नपुगेपछि विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी […]

मापसे जाँचमा समस्या

डोटी, ४ चैत  ः मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न […]

रवि लामिछानेलाई लाश वेवारिसे पारिदिने धम्की

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष विरुद्ध कडा प्रतिक्रिया जनाएपछि पत्रकार रवि लामिछानेका विरुद्ध सामाजिक सञ्जालमा गालीका बर्सा लाग्ने गरेका छन् ।  यसैक्रममा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दिपशिखाले रविलाइृ कारवाही गर्न सरकारसँग माग गरेका छन् । उनले रविलाइ माफी दिनै नसकिने जिकिर पनि गरेका छन् ।  रविले अाफूलाइृ देशकाे नियम […]

राष्ट्रपतिको पाइला पर्नु ठीक अघि विमानस्थलमा बिच्छ्याइएको रातो कार्पेटमा ठूलो सर्प

काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो । सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ । सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिए पनि राष्ट्रपतिको रातो […]

फेसबुकमा चिनेका प्रेमीलाई भेट्न जाँदा किशोरी बलात्कृत

सुर्खेत । सामाजिक सञ्जाल चिनजान मात्र हाेइन, विकृतिकाे माध्यम बन्न गएकाे छ । फेसबुकमा भेटिएका मान्छेसँग दुइ दिन बाेलेका भरमा धेरै सम्बन्धहरु बन्ने गरेका छन् । फेसबुककै भरमा विवाह सम्बन्धहरु पनि गाँसिएका छन् । यसैक्रममा सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कृत भएकी छन । फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई […]

२०७६ सालका लागि सबै विदा घोषणा

काठमाडौं । सरकारले सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो। पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ। पर्व बिदाअन्तर्गत […]

फेसबुकमा लाइभ गर्दै न्यूजिल्याण्डमा भयो भयानक आक्रमण, ३० को मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको एक मस्जिदमा भयानक आक्रमण भएको छ । बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । आक्रमणकारीले आक्रमण सुरु गर्नुअघि फेसबुकमा लाइभ सुरु गरेका थिए । फेसबुक लाइभमा उक्त आक्रमण पूरै देखिएको बताइएको छ । न्यूजिल्याण्डका अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा यो आक्रमण भएको हो । आक्रमणबाट […]

मिर्गौला प्रत्यारोपण गर्न अर्थाभाव

पाँचथर, १ चैत  : पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको दुवै मिर्गौला फेल भएपछि परिवार पीडामा परेको छ । सरितालाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताP । कमजोर आर्थिक अवस्था भएका माझी परिवारलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम जुटाउन गाह्रो भएको छ । सरिताका ससुरा जसबहादुर […]

३३ प्रतिशत क्याम्पस प्रमुख महिला राख्न माग गर्दै त्रिविका प्राध्यापक आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । त्रिवीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलनमा उत्रिएका हुन् । उनीहरुले राजधानीकाे बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका हुन् । त्रिवीका देशभर रहेकाका ६१ अांगिक क्याम्पसमध्ये कम्तिमा २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । उनीहरुले पटक […]

मन्त्रीमाथि मुक्का प्रहार

एजेन्सी । संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ। मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ। आफ्नो क्याबिनेट मन्त्रीले सडकमा मुक्का खाएपछि प्रधानमन्त्री ज्याकिन्दा अर्डेनले भनिन्, ‘न्युजिल्यान्डमा यस्ता खालको गतिविधि […]