एक अर्ब मूल्यको जग्गा बिक्री गर्दै ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता […]

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी […]

प्रहरीले यसरी पत्ता लगायो भागरथी हत्यामा सम्लग्नलाई, दिनेशको सनसनीपूर्ण बयान

काठमाडाैं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको ह’ त्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको ह’त्या गरेको खुलेको छ। बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बला’त्कार तथा ह’त्या आरोपीबारे जानकारी दिएको हो। सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले ह’त्या गर्न भागरथीलाई अगाडि नै […]

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]

मुख्यमन्त्री कार्यालयको कारको ठक्करले टेम्पो चालकको मृत्यु

लहान, १ फागुन । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै […]

करिश्मा मानन्धर महानायिका घोषित

राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]

महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

 माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर […]

आज पनि हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा […]

नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ । अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक […]