सुरू भयो एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण, सामूहिक अनुगमन निषेध

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ। बिहान ८ बजेदेखि परीक्षा आरम्भ भएको हो। यस वर्ष परीक्षा थप पारदर्शी र व्यवस्थित बनाइएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

पर्सा मालपोतका तत्कालीन ८ अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन ८ जना अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद रावकुर्मीसहित ८ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ मा वर्षभरको राजस्व आम्दानी दाखिला नगरेको तथा राजस्व हिनामिना […]

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज […]

पर्सा अदालत पुगेर रवि लामिछानेले बुझे तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् । उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि लामिछाने फागुन २१ […]

तीन साताभित्रै इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे। “हामी दुई वा तीन हप्तामा त्यहाँबाट निस्कनेछौँ। इरानसँग सम्झौता हुनु वा नहुनुले […]

सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलबार ६५ वर्षको उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको भूमिका सम्हालेकी हुन्। प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक प्रावधान छ। नेपालको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र […]

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले सरकारी कम्पनीलाई सवा अर्ब डलर तिर्नुपर्ने अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोष दुरुपयोग र पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै १ अर्ब ३० करोड अमेरिकी डलर (करिब ५ अर्ब २५ करोड मलेसियाली रिंगिट) भुक्तानी गर्न आदेश दिएको छ । मलेसिया सरकारको लगानी भएको एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा सुनुवाइ गर्दै अदालतले रजाकलाई उक्त कम्पनीको नोक्सानीका […]

छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँ । जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए । सह सचिव रिजाललाई बोलाएको […]