सोलुखुम्बु, २ वैशाख । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए। पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ। आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका […]
समाज
सुतेको बेला रात्रीबस जलाउने युवक पक्राउ
मोरङ । सुतेका बेला अागाे लगाएर यात्रुबस जलाउने एक व्यक्ति पक्राउ परेका छन् । मोरङको उर्लाबारीमा एक यात्रीले सोमबार बिहान आगजनी गरेर बस पूरै जलाएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिनदेखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेकाे प्रहरीले जनाएकाे छ। ३० वर्षिय माझीले रोकिराखेको […]
लुक्ला दुर्घटनाको छानबिन गर्न समिति बन्यो
काठमाडौ । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । सो समितिमा नेपाल वायुसेवा […]
ढलान गरेको २ दिनमै भत्कियो तीन करोडको पुल
बुटवल। गुल्मीको बडिगाढ खोलाको पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो । पुल भत्किएपछि च्यापिएर निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै मुसिकोट नगरपालिका ३ का […]
कर्णाली नदीमा पौडी खेल्दाखेल्दै वेपत्ता २ युवा अझै भेटिएनन
गुलरिया । पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई युवा अझै फेला परेका छैनन् । उनीहरुको खोजी कार्य जारी छ । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । ६ जना साथी मिलेर कोठीयाघाट घुम्ने क्रममा पौडी […]
प्रहरीलाई नै ३ लाख घुस दिने बस चालकसहित तीन पक्राउ
काठमाडाैं । काठमाडौंमा प्रहरीलाई साढे तीन लाख रुपैयाँ घुस दिन खोज्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्। बा ५ ख ४८४२ नम्बरको बसमा अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेका उनीहरूलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरेको हो। काठमाडौं महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार कपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोज्ने बस चालक […]
मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल उक्लियो दोस्रो स्थानमा
काठमाडाैं । १९ वर्ष मुनिकाे विश्वकप क्रिकेट प्रतियाेगिताकाे छनाेट खेलमा नेपालले मलेसियालाई शानदार ढंगले पराजित गरेकाे छ । आइसिसी यू-१९ विश्वकप छनोटमा सोमबार नेपाली टाेलीले मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । यससँगै अब नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ९३ रनको सामान्य लक्ष्य […]
बाजुरा केन्द्र भएको ४.८ रेक्टर स्केलको भुकम्प
काठमाडौ । बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । […]
सरकारी जग्गा हडपेर छानविनमा रहेका गुरुङलाइ गृहमन्त्री बादलले गरे ‘सुप्रबल जनसेवाश्री सम्मान’ सिफारिस
काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन्। यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्। गुरुङसहित […]
अब बागमतीमा व्यावसायिक मोटरबोट सञ्चालन
काठमाडौं । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ । विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो । मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण […]










