अछाम, १ जेठ । मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको छ । अज्ञात समूहले नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजेर २० मिनेट तिर आगजनी गरेको जनाइएको छ । आगलागीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । नगरपालिका कार्यालय परिसरमै रखिएको उक्त गाडीमा मध्यराति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका […]
समाज
दाइ भेट्न गएकी युवती सामूहिक बलात्कृत, प्रहरीलाई दिइन दर्दनाक बयान
काठमाडौं । दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो । उनलाइ चार जनाले बलात्कार गरेका थिए । भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने […]
२३औं पटक सगरमाथा चुचुरो चढेर कामीरिताले तोडे विश्व रेकर्ड
काठमाडाैं । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी चढेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले अाफ्नै रेकर्ड ताेडेका छन् । शेर्पाले याे सिजनमा २३ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा चुचुराेमा पाइला टेकेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। ४९ […]
आफैले पालेको गोरुले हानेर विष्णुप्रसादको मृत्यु
काठमाडाैं । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण […]
ग्यारेजमा राखिएका २ बस आगो लागेर ध्वस्त
काठमाडौ, ३१ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको […]
बाटो बनाउदै यो सिजनको पहिलो टोली पुग्यो सगरमाथा चुचुरो
काठमाडौँ, ३१ बैशाख । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा यस सिजन पहिलाेपटक ८ जना नेपाली उक्लिन सफल भएका छन् । ८ जना हाई-अल्टिच्यूट गाइडले बाटाे छिचाेल्दै सगरमाथामा चढेपछि अब यस सिजनका लागि अरु अाराेहीहरुका लागि बाटाे खुलेकाे छ । सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले मंगलवार १ बजेर ४५ मिनेटमा चुचुरोमा ८ जना […]
नेपालमै यस्तो अनौठो तथ्य, एउटै वडामा १६३ को बालबिबाह
डोटी, ३१ बैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र ९सिडिसी० नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ […]
हावाहुरीसँगै परेको चट्याङले लियो एक महिलाको ज्यान
विराटनगर, ३१ बैशाख । गएराति हावाहुरीसँगै चट्यांग पर्दा मोरंग जिल्लाको रतुवामाई नगरपालिका ४ स्थित कटघरामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवं डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार राति हावाहुरीसँगै परेको चट्यांग लागेर ५० वर्षीया सन्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो। मध्यरात करिब १ बजे परेको चट्यांगका कारण सिंहका परिवार सदस्य ५० […]
आमाको दाहसंस्कार गर्दै गर्दा बगेर छोराको मृत्यु
दाङ, ३० बैशाख । आमाको दाहसंस्कार गर्न पुगेका एक व्यक्ति नदीमा बग्दा मृत्यु भएकाे छ । दाङकाे राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको नदीमा बगेर मृत्यु भएको हो। घर्ती आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका थिए । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको कमलपित्त रोगका कारण मृत्यु भएकाे र उनकै दाहसंस्कारका […]
तेस्रो त्रैमासिकमा बैंकहरूको नाफा ४६ अर्ब
काठमाडौं, ३० बैशाख । नेपालका बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ठूलाे नाफा अार्जन गरेका छन् । सबै बैंकहरुकाे नाफा यस त्रैमासिकमा ४६ अर्ब पुगेकाे छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको […]











