आमाको दाहसंस्कार गर्दै गर्दा बगेर छोराको मृत्यु

दाङ, ३० बैशाख । आमाको दाहसंस्कार गर्न पुगेका एक व्यक्ति नदीमा बग्दा मृत्यु भएकाे छ । दाङकाे राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको नदीमा बगेर मृत्यु भएको हो।

घर्ती आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका थिए । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको कमलपित्त रोगका कारण मृत्यु भएकाे र उनकै दाहसंस्कारका लागि घाटमा पुगेका कर्णबहादुर राप्ती नदीमा बगेका हुन् ।

दाहसंस्कारपछि राप्ती नदीमा नुहाउँदै गर्दा उनलाइ नदीले बगाएकाे स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका घर्तीको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको जानकारी दिए। उनकाे शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ।

Loading...