दाइ भेट्न गएकी युवती सामूहिक बलात्कृत, प्रहरीलाई दिइन दर्दनाक बयान

काठमाडौं । दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो । उनलाइ चार जनाले बलात्कार गरेका थिए ।

भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।

रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्कार गरेकाे प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ । दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीमा उजुरी परेको थियो, घटना आइतबारको हो ।

प्रहरीले घटनामा संग्लनहरुको खोजीकार्य सुरु गरेको छ । घटनाको थप अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन पिडित पक्षले प्रहरीलाई अनुरोध गरेको छ ।

Loading...