धनगढी, २३ जेठ । सुदूरपश्चिमकाे कैलाली र कञ्चनपुरमा अाएकाे भयानक हावाहुरीले ठूलो जनधनको क्षति भएकोे छ । अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ भने ठूलाे संख्यामा मानिसहरु घाइते भएका छन् । अहिलेसम्म १ सयभन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ । एकाएक चलेकाे हावाहुरीले केही सवारी साधन समेत उडाएको छ । हावाहुरीले टिनका छाना उडाएकाे […]
समाज
जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले
एजेन्सी । ७५ वर्षअघि दोश्रो विश्वयुद्धअन्तर्गत पश्चिमी मोर्चामा नाजी जर्मन फौजविरुद्धको सैनिक कारवाहीका लागि सैनिकहरुले फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् । डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक […]
मेलम्चीका ३० किलोमिटर पाइप फुटे तर पानी आउने अझै ठेगान छैन
काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन्। मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका छन । ३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले […]
अख्तियारका इन्स्पेक्टर १५ हजार घुससहित गिरफ्तार
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको छ। रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका कार्यरत बस्नेतलाई अख्तियारको टोलीले बिहीबार साँझ घुस सहित पक्राउ गरेको हो। बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिँदा पक्राउ परेका हुन्। […]
डोल्पामा यार्सा संकलन गर्न गएका ८ जनाको मृत्यु
जाजरकोट, २३ जेठ । यार्सागुम्वा संकलन गरेर पैसा कमाउन डोल्पा पुगेका आठ जनाको मृत्यु भएको छ । डोल्पाका विभिन्न ठाउँमा यार्सा संकलन गरिरहेकाहरुमध्ये दुई हप्ताकै बीचमा ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति […]
चरीमाथि गोली हान्ने र हात काटिदिने गुण्डा नाइके राधे पक्राउ
धादिङ, २३ जेठ । चर्चित गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको मलेखुबाट राधेलाई प्रहरीले हतियारसहित पक्राउ गरेको दावी गरेको छ । प्रहरीको खोजी सूचीमा रहेका राधे नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला तहको नेता पनि रहेको बुझिएको छ । बुधवार साँझ धादिङको गजुरी गाउँपालिका वार्ड नं. २ मलेखुमा राधेले हतियार […]
भोलि बुधबार सार्वजनिक बिदा
काठमाडौ, २१ जेठ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदुल अल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा घोषणा गरेको हो । गृह मन्त्रालयको सूचनामा मन्त्री परिषदको निर्णयको हवाला दिदै सार्वजनिक विदा घोषणा गरिएको हो । इदुल अल फित्र जेठ २२ गते पर्ने […]
देशैभरी आंशिक देखि सामान्य मौसम वदली
काठमाडौं २१ जेठ । आज देशैभरी आंशिक देखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागका केही स्थान र पश्चिमका […]
विद्यार्थी भर्नादर बढ्दै गएपछि श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा भर्ना नै बन्द
काठमाडौं २१ जेठ । अभिभावको रोजाइमा अहिले बोर्डिङ स्कुल छ। सामुदायिक विद्यालयले निजी विद्यालयले जसरी विद्यार्थी अभिभावकको मन जित्न सकेका छैन् भन्ने अधिकांश अभिभावकको बुझाइ छ। तर लतिलपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा विद्यार्थीको भर्नादर बढ्दै गएपछि विद्यार्थी भर्नाको काम नै बन्द गर्नु परेको छ। श्रमिक शान्ति माध्यमिक विद्यालय २०१२ सालमा स्थापना भएको पूरानो सामुदायिक […]
टायरको रड भाँचिएर विद्यार्थी बोकेको बस दुर्घटना
धनगढी, २१ जेठ । कैलालीको घोडाघोडी नगरपालिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा ६ जना विद्यार्थी घाइते भएका छन् । घोडाघोडी नगरपालिकाको सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार बसको टायरको रड भाच्चिँदा गाडी […]











