देशैभरी आंशिक देखि सामान्य मौसम वदली

काठमाडौं २१ जेठ । आज देशैभरी आंशिक देखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, भोलि बुधबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ ।
यसैगरी भोलि राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रहने र मध्य तथा पुर्वी भूभागका थोरै स्थान तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान समेत जनाइएको छ । आउँदो विहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रहने तथा पश्चिमी पहाडी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ रहेको छ ।

बिहीबार राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको समेत जनाइएको छ ।

Loading...