काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई चेतावनी दिएका छन् ।ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् । “हामी उनीहरूसँग कुरा गरिरहेका छौँ । उनीहरू फेरि जलमार्ग बन्द गर्न चाहन्छन् । यो उनीहरूले वर्षौंदेखि गर्दै आएका छन्, तर उनीहरूले हामीलाई ब्ल्याकमेल गर्न सक्दैनन् […]
समाज
अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूको निगरानीमा आवश्यक उपचार र स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र घरमै आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। त्रिवि […]
सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको […]
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, […]
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते
हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। हेटौंडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक […]
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ । विमानमा एक जना मलेसियाली […]
आज तरकारीको मूल्यसूचीः गोलभेँडा ८०, एभोकाडो ८०० रुपैयाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेँडा (लोकल र भारतीय) ४४ रुपैयाँ र तराईको सानो गोलभेँडा ४८ रुपैयाँ तोकिएको छ। आलु रातो (नेपाली र भारतीय) प्रतिकिलो २४ रुपैयाँ […]
आज आंशिक बदलीसँगै वर्षा र हिमपातको संकेत
काठमाडौं । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ। यस्तै, कोशी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। […]
आज वैशाख कृष्ण औँसीः आमाप्रतिको सम्मान र भावनाको अभिव्यक्तिको दिन
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । यसदिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र […]










