सातै प्रदेशमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने

काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो। यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो […]

१५ दिनमा १ अर्ब नाफा गर्न आयल निगमले बढायो इन्धनमा २ रुपैयाँ मुल्यबृद्धि

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा निगमले मुल्य बढाएको हो । निगमले सबैमा २-२ रुपैयाँ मुल्य वृद्धि गरेको छ । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ […]

रत्नराज्य माविले पायो नयाँ भवन

काठमाडौं । मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुनस् निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठाउँमा मुआब्जाको खेलमा धमाधम घर बनाइदै, १४०० सुकुम्वासीले गरे कब्जा

बारा, १९ माघ । बाराको निजगढमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मुआब्जा पाउने आशमा धमाधम घर बनाउने क्रम बढेको छ । २०५१ सालमा सम्भाव्यता अध्ययन भएको यो विमानस्थल केहविर्षदेखि सरकारले राष्ट्रिय  गौरवको आयोजनामा पनि राखेको छ । तर, विमानस्थल बन्ने छाँटकाँट अझैसम्म देखिएको छैन । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह […]

क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण

काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित […]

खोटाङमा लाटोकोसेरो तथा हुचिल उत्सव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरू नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका थिए । ‘किसानको साथी’का रूपमा […]

पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]

चिकित्सा शिक्षा विधेयक : केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ, १८ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभए पनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले […]

भक्तपुरमा ९९ प्रतिशत पसल दर्ता नगरेरै सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले बजार अनुगमन गर्दा ९९ प्रतिशत पसल दर्ताबिना सञ्चालन गरेको पाइएको छ । नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालको नेतृत्वमा आज भक्तपुरको घलातेदेखि चुनदेवीसम्मका विभिन्न पसल अनुगमन गर्दा दर्ताबिना पसल सञ्चालन गर्न पाइएको हो । समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार अनुगमनका क्रममा निसा फुड्स चाउचाउ उद्योगलाई फोहर र […]

ठूलो हिमपात परेपछि गोसाइँकुण्डको आवागमन बन्द

रसुवा । यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ । चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले सो मार्गको आवतजावत बन्द भएको हो । पहिलापहिला विशेष धार्मिक पर्वमा मात्र आउने तीर्थयात्रु विसं २०७२ को भूकम्पपश्चात् बारै महीना निरन्तर […]