एमाले त्यागेर अम्बिरबाबु गुरुङले बने नेकपाबाट उम्मेदवार

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए । लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो । यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

सद्भावना पार्टीका अनिल झा कांग्रेसबाट रौटहट-१ मा उम्मेदवार

रौतहट । नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् । कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले कांग्रेसबाट चुनाव लड्न लागेको पुष्टि गरे । तर सद्भावन पार्टी पनि कायमै रहेको उनले बताएका छन् ।  यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चुनाव लड्दैछन् ।

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका […]

एमालेलाई जिस्काउनु र बिच्काउनु महँगो पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महँगो पर्न जाने बताएका छन् । झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको […]

चितवन-३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता

चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् । रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी […]

कांग्रेस विवाद : देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको छ । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत लगएको थियो । गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर […]

मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् ।  

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो […]

नुवाकोट–१ बाट प्रकाशशरण र २ मा जगदीश्वरनरसिंह केसीलाई कांग्रेसले बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–१ मा महतलाई उम्मेदवार बनाएको हो । गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर […]

कार्यक्रममा सहभागी भएकै अवस्थामा दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले […]