काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनपर्ने भन्दै यस्तो आदेश गरेका हुन् । उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो । उनलाई प्रहरीले फिलिपिन्समा पक्राउ परेका […]
समाज
फुकुवा भयो राखेपले एन्फामाथि लगाएको निलम्बन
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गरेको हो । एन्फा पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले जनाएका छन् । राखेपले पटक पटक दिएको निर्देशन पालना […]
बालेन सरकारलाई भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन ?
काठमाडौं । राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए । राष्ट्रिय भूमि अयोगका पूर्व अध्यक्ष केशव निरौलाले […]
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी […]
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा ५ जना नियुक्त, ७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट पाँच जनालाई नियुक्त गरेको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत २०८३ वैशाख १२ गते गोरखापत्र दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो […]
राजधानीको चोभारमा प्रहरीले गोली चलायो, एक जना घाइते
काठमाडौँ । प्रहरीले गोली चलाएर चोभारबाट एक जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको बताए । शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्यासम्बन्धी घटनाको आरोपी भएको उनको भनाइ छ। घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताए। कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट […]
‘कर्जा असुल्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्व रहँदैन’
काठमाडौं । धितो लिलामी गरेर कर्जा असुली गर्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै संगठनहरूले विरोध जनाएका छन् । बुधबार मात्रै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरीले स्मार्ट टेलिकम प्रालिको धितो लिलामी गरेको भन्दै पक्राउ गरेको छ । स्मार्ट टेलिकमले इन्भेस्टमेन्ट बैंकबाट […]
राजस्व चुहावट गरी झण्डै ३ करोड भ्रष्टचार गरेको भन्दै पाँच जनाविरूद्ध मुद्दा दायर
काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेको छ। अख्तियारले हाल दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहित तत्कालीन नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, लेखा अधिकृत हरिबहादुर क्षत्री (दिवंगत) र सहलेखापाल […]
तीन मौसमी प्रणालीको असरले आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही […]
तीनदिने भ्रमणका लागि बेइजिङ पुगे अमेरिकी राष्ट्रपति ट्रम्प, समकक्षी सीसँग भेट्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् । ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो […]










