देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश […]

मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै ओलीले गराए निवेदन दर्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले ओलीको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका हुन्। बिहीबार आयोगको हरिहर भवन, पुल्चोकस्थित कार्यालयमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर बर्तौलाले २०८२ साल भदौ २३ र २४ गतेका घटना […]

वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन

काठमाडौँ । नेपाल सरकारले काठमाडौँ जिल्लाको बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमबासीहरूलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सुकुमबासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। सरकारले गत २०८३ वैशाख १२ गतेदेखि बागमती किनार लगायतका विभिन्न स्थानमा बसोबास गर्ने सुकुमबासीहरूको घरटहरा हटाई […]

राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]

इरानमाथि अमेरिकाको हवाई आक्रमण नरोकिएपछि संकटमा युद्धविराम सम्झौता

वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि अर्को चरणको हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति भएको आक्रमण–प्रत्याक्रमणपछि ‘आज राति फेरि उनीहरूलाई कडा प्रहार गर्नेछु’ भन्ने संकेत दिएलगत्तै यी आक्रमण भएका हुन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी भागका सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन् । यी दुवै बन्दरगाह सहर […]

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् । कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम सम्मको […]

अमेरिकाद्वारा इरानमाथि व्यापक हवाई हमला

वाशिङटन डीसी । स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, […]

रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ […]