सुनसान बन्यो देवघाट

चितवन, १ माघ । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । […]

धुमधामसँग माघी मनाउँदै थारु समूदाय

काठमाण्डौं । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन । ठाउँ–ठाउँमा शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई […]

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : प्रचण्ड

काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् । थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वका अवसरमा शुभकामना […]

बन्दीपुरमा जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु

पोखरा, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले […]

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको […]

रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी

सल्यान, ३० पुस । रेडियो तहल्का सल्यानको ट्रान्समिटर चोरी भएको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलीबासमा रहेको १०० वाटको ट्रान्समिटर गएराति चोरी भएको स्टेसन म्यानेजर डिल्लीराज रावतले बताएका छन् । ट्रान्समिटर चोरी भएपछि अहिले रेडियोको प्रसारण बन्द भएको छ । चोरी ट्रान्समिटर खोजतलासको लागी प्रहरीमा उजुरी गरिएको स्टेसन म्यानेजर रावतले बताए […]

नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानलाई सहयोग

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले द्वन्द्वग्रस्त सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई […]

आईएमएफले स्वीकृत गर्‍यो नेपालले लिने ४६ अर्ब ७० करोड ऋण

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ)मार्फत नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण क्रण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको […]

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, आरोपीलाई जन्मकैदको फैसला

रसुवा, ३० पुस । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक युवालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको […]

नेपाल कोरोना नियन्त्रण गर्न असफल भएको ह्युमन राइट्स वाचको दावी

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो। ‘कोभिड–१९ महामारीमा पूर्वतयारी […]