मन्त्री आलेको निर्देशनमा विदेश भाग्न लागेका क्यासिनो सञ्चालक नियन्त्रणमा

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे […]

गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना

गुल्मी, २ माघ । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्बर३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् । शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० […]

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा […]

सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

सुर्खेत, २ माघ । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ […]

जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले द भ्वाइस अफ् किड्स सञ्चालन गरिएको थियो ।  विजयीले नगद […]

किसानको बिजुलीको बिल नगरपालिकाले तिरिदिने

सिराहा, १ माघ । गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए । माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले […]

पाल्पाको रानीमहल सङ्ग्रहालयमा परिणत

पाल्पा, १ माघ । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए । रु १५ लाखबाट थालनी […]

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १ माघ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो । यसैगरी, […]

सुनसान बन्यो देवघाट

चितवन, १ माघ । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । […]

धुमधामसँग माघी मनाउँदै थारु समूदाय

काठमाण्डौं । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन । ठाउँ–ठाउँमा शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई […]