सर्वोच्चको फुलकोर्टमा सहभागी भइनन् वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल उपस्थित नभएको खुलेको छ। प्रधान न्यायाधीश मनोजकुमार शर्माले बुधबार दिउँसो फुलकोर्ट बैठक बोलाएका थिए। सर्वोच्चको नीतिगत वा दीर्घकालीन विषय निर्णय गर्न वा छलफल गर्नुपरे बुधबार फुलकोर्ट (सबै न्यायाधीशहरू सम्मिलित ) बैठक बस्ने गर्छ। पछिल्लो बुधबार सूचना प्रविधि नीति (आइटी पोलिसी) बारे छलफल गर्न प्रधान न्यायाधीश […]

एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेको हो। देशभरका १० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कारबाही अघि बढाइएको लिमिटेडले जनाएको छ […]

ई-पासपोर्ट खरिद प्रकरणमा अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल अंग्रेजी पत्रिकामा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको हो । अख्तियारले पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा आबद्ध जर्मन कम्पनीहरु मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई […]

अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

काठमाडौं । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ । अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा […]

तीन मौसमी वायुको प्रभावले आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ […]

रामहरि श्रेष्ठ हत्या प्रकरणमा माओवादी पूर्वलडाकु बटाला कारागार चलान

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्यामा दोषी ठहर भएका माओवादी पूर्वलडाकु गोविन्द बहादुर बटाला डिल्लीबजार कारागार चलान भएका छन् । घटनामा सर्वोच्च अदालतले १० वर्ष कैद सजायँ सुनाएपछि उनी आज आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले बटालालाई डिल्लीबजार […]

व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि जेल चलान भएका छन् । अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीहरूलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशलगत्तै दुबै जना डिल्लीबजार कारागार चलान […]

सँगै पढेका साथीको अपहरणमा परेका बालकले जब कागजमा लेखेर फाले, ‘प्रहरीलाई फोन गर्दिनू’

काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। योजनाबद्ध रूपमा गरिएको अपहरणको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ भने दुई जना अझै फरार छन्। प्रहरीका अनुसार असार १ गते नारायणगढमा कक्षा ११ अध्ययनको तयारी गरिरहेका ति बालकलाई भारतबाट आएका व्यक्तिहरूले अपहरण गरेका थिए। अपहरणमा परेका बालकका बुवा नारायणगढमा […]

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार […]

जनयुद्धको इतिहास जोगाउन रुकुम–रोल्पामा सातौँ संयुक्त गुरिल्ला म्याराथन सुरु

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाको साझेदारीमा सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ। प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे गाउँपालिका–६ महतबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो। तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छापामारहरूले प्रयोग गरेको ऐतिहासिक पदमार्गको संरक्षण गर्दै युद्ध पर्यटन […]