सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा […]

इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]

राज्यसँग जबाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जबाफ माग्न पुगेका युवामाथि कुटपिट गरी नियन्त्रणमा लिइनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्। गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निःसर्त रिहा गर्न पनि उनले माग गरेका छन्। माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापा लगायत युवामाथि निर्ममतापूर्वक […]

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन

काठमाडौँ । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ। उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरूका साथै फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका बेला सहभागीहरू सडकमा जान […]

कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा वाग्मती पस्यो, ५४ जनाको उद्धार

काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी […]

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा

काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्‍याए । ८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज […]

संसद्‌मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन

काठमाडौँ । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ उनले […]

गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्। उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी गोबिन्द थपलियालाई संयोजक बनाइएको छ। ‘डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरी सोधपुछका […]

आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, आकस्मिक छलफलपछि गृहमन्त्री गुरुङ अस्पताल जाँदै

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको […]