काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]
समाज
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा उड्डयनका महानिर्देशकसँग पाँच लाख धरौटी माग
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो। अख्तियार दुरूपयोग […]
देशभरको आयात निर्यात ठप्प पारेर आन्दोलित भए भन्सार एजेन्ट
काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो । सोमबार वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको ‘पेनडाउन’ अभियान मंगलबार मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार कार्यालयमा विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । […]
फाइनलका लागि आज पुन: आमनेसामने हुँदै सुदूरपश्चिम र विराटनगर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र […]
जेनजी आन्दोलनका घाइतेलाई सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। ‘जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ,’ मन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता […]
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको परमादेश, कुलमानलाई धक्का
काठमाडौं । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए । उक्त रिटउपर […]
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको निष्कर्ष
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ । भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको […]
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान […]
५ पूर्वमन्त्रीसहित ५५ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दा दर्ताका लागि रुजु गरिँदै, ८ अर्ब बिगो
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएकाे निष्कर्षपछि अख्तियारले ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न विशेष अदालतमा अभियोगपत्र बुझाउँदै छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमितताकाे छानबिन पूरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको […]









