छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस

दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् । नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका […]

हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ

उदयपुर । हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । घरमा कोही नभएको बेला शंकास्पद रूपमा मृत भेटिएकी सुखनीदेवीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ […]

रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु, आज पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने

बैशाख २१, काठमाण्डौ –  ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदैछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसपालि भने हुन लागेको हो । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पु¥याइने छ । आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँदछन् । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको […]

बुद्ध एयरले काठमाडौं–बनारस उडान पुनः सुचारु गर्ने

काठमाडौँ । बुद्ध एयरले मे २३ बाट बनारस उडान पुनः सुचारु गर्ने भएको छ। बुद्धले हप्तामा दुईदिन उडान भर्ने भएको हो। बुद्ध एयरका अनुसार सोमबार र शुक्रबार उडान हुने भएको छ। उडान सुरू भएको केही समयपछि बुधबार पनि हुने जनाएको छ। हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ। उडान समय ५० मिनेटको हुने […]

शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक ( भिडियो सहित )

हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् मनभरी उमंग उत्साह बढोस् हर कोशिसले सफलता चुमोस् अवरोधहरु सब शक्ति बनोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । काठमाडौं […]

बनेपाका मेयर द्वारा एमाले परित्याग

बैशाख १६, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा (एमाले) पार्टी परित्याग गर्नुभएको छ । बादेले शनिबार आज पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा जनाएपनि एमालेले टिकट नदिएपछि रुष्त बनेका श्रेष्ठले परित्याग गर्नुपरेको बताउनु भयो । एमाले केन्द्रीय सदस्य गोकुल […]

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ […]

बुद्ध एयरको जहाजको टायर गौतमबुद्ध विमानस्थलमा पड्कियो

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ। भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो। उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्। जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब […]

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण प्रणालीमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड […]

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल २२ र २३ दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ । वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा बालप्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य रसंस्कृतिको योगदान दिने सातजना बाल प्रतिभालाई बाल–तारा पुरस्कारबाट सम्मान गरिएको थियो । वरिष्ठ […]