खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते

धादिङ, ८ माघ । मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा सान्ता र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ […]

जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]

अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो […]

बाग्मती प्रदेशभरि विद्युतीय बस

भक्तपुर, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका […]

एभरेस्ट पानोर रिसोर्टमा ८ भारतीय पर्यटक बेहोस भेटिए

काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको […]

कडा नियम आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने

काठमार्डौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेतारकार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको यो आचारसंहिता लागु गर्न पार्टीका सबै […]

तालामारा बजारमा आगलागी हुँदा २० लाखको क्षति

मेलम्ची, ६ माघ । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा […]

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, क्रिकेट बलजस्तै उफ्रियो भातको डल्ला

पर्वत, ०६ माघ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले […]

अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!

काठमाडौं, ६ माघ । गत पुस १८ गतेमात्रै नेपाल कम्युनिस्ट पार्टी नेकपा को विद्याथी संगठन अनेरास्ववियूले पूर्णता पायो। एकतासँगै पुस २७ र २८ गते अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो। उक्त बैठकको निर्णयपछि आइतवार मात्रै जिल्ला कमिटीको संयोजक र सह संयोजक तोकिएको छ। जसअनुसार अनेरास्ववियू जिल्ला संयोजकमा खोटाङले मात्र महिला नेतृत्व पाएको छ। खोटाङमा जिल्ला […]

शिक्षक लाईसेन्सको ५० प्रतिशत कापी परिक्षण सकियो

काठमाडौं, ६ माघ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र लाईसेन्स परीक्षाको कापी परीक्षणको काम ५० प्रतिशत काम सकिएको जनाएको छ । पहिलो चरणमा माध्यमिक तहबाट कापि परीक्षण काम शुरु गरेको आयोगले सबै तहको ५० प्रतिशत उत्तरपुस्तिका परिक्षण कार्य सकिएको उप-सचिव एवम आयोगका सूचना अधिकारी दामोदर आचार्य जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार […]