काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा. राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै नेपाली भूभागको मामिलामा नेपालकै सहमतिबिना गरिने सम्झौता मान्य नहुने बताएका हुन् । यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ सङ्केत गर्दै उनले लेखेका छन्, ‘नेपाली […]
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले’औद्योगिक सम्पत्ति […]
गंगारामलाई हटाएर आफैंलाई दलको नेता घोषणा गर्दै रञ्जिताले संसद्मा पठाइन् पत्र
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैंले दलको नेताको जिम्मेवारी राखेको जानकारी सहितको पत्र संसद् सचिवालयमा पठाएकी छन् । पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान […]
रवि लामिछानेलाई भेट्न नख्खु जाँदै प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न बुधबार नख्खु जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने पुर्वापक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका […]
कुवेतमा मृत्यु र बिरामी भएका कामदारबारे जानकारी गराउन माओवादीको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्मा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको जानकारी आएकाले यसबारे सत्य तथ्य जानकारी गराउन सभामुखमार्फत सरकारलाई माग गरेका हुन् । शर्माले जनतामा प्रकट […]
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव […]
महेश बर्तौला भन्छन् : उपसभामुखबारे संसद्मा उठेको प्रश्न कसरी बिट मार्ने भन्नेबारे छलफलमा छाैँ
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेकाले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा भएको सत्तारुढ दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग बर्तौलाले सदनमा उठेको प्रश्नलाई कसरी बिट मार्ने भनेर छलफल भइरहेको बताए । ‘उपसभामुखज्यूका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको […]
सरकार आफ्ना मान्छेलाई जग्गा बाँड्न प्रपञ्च रच्दैछ : माओवादी केन्द्र
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् । साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । […]
एमालेले एकाएक किन बोलायो आफ्ना सांसदलाई सिंहदरबार ?
काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ, छलफलको विषय जानकारी गराइएको छैन ।’ एक सांसदले भने । संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा […]
सर्वोच्चको परमादेशविरुद्ध सप्तरीमा प्रदर्शन
सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]











