गैरकानुनी लाभ सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार मुद्दामा सोमबार ५० हजार धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पौडेलसहित […]

‘कुलिङ अफ पिरियड’ प्रकरणमा एक्लियो एमाले

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रियसभामा एक्लिएको छ । राष्ट्रियसभामा विधेयकमा संशोधन प्रस्ताव राख्ने समयमा एमालेका सांसदहरूले प्रतिनिधिसभाले राखेको कुलिङ अफ पिरियडको प्रावधान हटाउन संशोधन हालेका […]

दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा, तीनकुने घटनाबारे के-के भने ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत बोकेको एक सफल […]

शिक्षासहित आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्। दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ। यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त […]

रवि लामिछानेलाई नख्खु कारागार सारियो, कार्यकर्ताको नाराबाजी

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा सारिएको छ। रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो। लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका […]

रवि लामिछानेलाई आज दिउँसोको फ्लाइटबाट काठमाडौं ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो […]

जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको माओवादी नेता मल्लको आरोप

काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् । न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट […]

हिजो कांग्रेस प्रवेश गरेका फरार अभियुक्त यादव आज निष्कासन

काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो । लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् । जारी विज्ञप्तिमा भनिएको […]

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हेटाैंडा । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा […]

वामदेव एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता, थपिए उनी पक्षका १२ केन्द्रीय सदस्य

काठमाडौँ । वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) को तेस्रो वरीयताका नेता बनेका छन्। पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो […]