पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले असोज […]

जेनजी अगुवा मुस्कान खातुनलाई नेकपाले केन्द्रीय सदस्य बनाउने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् । खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब […]

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने […]

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो । रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना […]

तोडियो १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई पुल निर्माण १४ वर्षदेखि अलपत्र परेपछि पप्पु–महादेव–खिम्ती जेभीसँगको ठेक्का तोडिएको छ। योजना कार्यालय इटहरीले ३१ जेठ २०६८ मा भएको करिब ३४ करोड ९ लाख रुपैयाँको डिजाइन–एण्ड–बिल्ड ठेक्का बिहीबार रद्द गरेको हो। म्याद पाँचपटक थप्दा पनि ७२३ मिटरको पुलको काम ५६ प्रतिशत मात्र पुगेको, स्पष्टीकरण चित्तबुझ्दो […]

मधेस प्रदेश सरकारको निर्णयमाथि विपक्षीको आपत्ति, अन्तरिम आदेश उल्लङ्घनको आरोप

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विपरीत निर्णय गरेको आरोपसहित विपक्षी दलहरू आक्रोशित बनेका छन्। कृषि क्षेत्र तथा बेरोजगार युवामुखी कार्यक्रम अघि बढाएको भन्दै दलहरूले सरकारमाथि आदेशको अवहेलना गरेको गम्भीर आरोप लगाएका छन्। सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम […]

जेनजी युवाले नेकपालाई अभिभावक ठानेका छन् : प्रचण्ड

Prachanda

काठमाडौं । नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गरेका छन्। जेनजी आन्दोलनको सुरुदेखि समर्थन गरेको कारण युवाहरू नेकपातर्फ आकर्षित भएको उनले बताए। अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि युवालाई केन्द्रमा राखिएको बताए। उनका अनुसार जेनजी आन्दोलनपछिको […]

प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुग्यो एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्च अदालतमा पेस गरेको छ। मंगलबार निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना रिट अदालतमा बुझाएका हुन्। बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यत: ६ वटा मागदाबी गरिएको छ । १. प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन […]

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । […]

निर्वाचन आयोगसँग नेपाल जेनजी फ्रन्टले राख्यो तीन वटा माग

काठमाडौँ । नेपाल जेनजी फ्रन्टले निर्वाचन आयोगसँग प्रवासी नेपालीहरूको मतदान सुनिश्चित गर्ने लगायतका तीन वटा माग राखेको छ। सोमबार फ्रन्टका प्रतिनिधिहरू बिनिता बोगटी, अमृता बन लगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तीन बुँदे मागपत्र बुझाएका हुन्। फ्रन्टले प्रवासी नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन माग राखेका छन्। देशभित्र एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गरिरहेका नागरिकहरूलाई […]