ओलीले टुंगो लगाए आफ्नो प्यानलबाट पदाधिकारीको टीम, ज्ञवाली र भट्ट असन्तुष्ट

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् । स्रोतका […]

ओलीका खास भनिएका नेताहरूले छोडे साथ, पोखरेल पक्षबाट उम्मेदवार बन्ने

काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएपछि पार्टीभित्र दुई समूह पदाधिकारीको उम्मेदवार टुंग्याउन ब्यस्त छन्। केही पदमा उम्मेदवार टुंगो लागिसके पनि केही पदमा उनीहरू अझै कसरत गरिरहेका छन्। यसैबीच, ओलीका कट्टर समर्थक मानिएका नेताहरू नै अहिले उनलाई काउन्टर दिने तयारीमा देखिएका छन्। पूर्वमन्त्री तथा पोलिट्ब्युरो […]

एमाले महाधिवेशन : सुरु भयो चुनावी प्रक्रिया

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो । अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो […]

दुर्गा प्रसाईंका माग सम्बाेधन गर्न सरकारले बनायो समिति, मन्त्री खरेल संयोजक

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो । महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा […]

यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या

भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]

एमालेको ११औँ महाधिवेशन : सुरु भयो बन्दसत्र

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा […]

बिधान अधिवेशनको बिजोग, पुरानै संरचनामा फर्कियो एमाले

Uml

काठमाडौ । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले […]

गुन बिर्सिएर कुलमान वैगुनी भए, पार पाउने छैनन् : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही […]

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्‍यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ बजेको लागि सारिएको […]

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहानैदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ […]