मधेशमा स्मार्टफ़ोनको प्रचण्ड मोह

झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ छैन । सर्लाहीको हरिवनमा निक़ै ठूलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफ़ोनहरू । तस्बिर लिन चाहनेहरूमा पुरुषभन्दा महिलाहरू बढ़ी रहर गरिरहेका थिए । ‘ओ दाईं छेक्कियो के, अली छेउ सरीदिनु न’ […]

उत्तर कोरियाले अमेरिकामाथि प्रहार गर्यो शक्तिशाली क्षेप्यास्त्र । जापानमा बज्याे सुरक्षा सार्इरन

काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]

यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा […]

थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण

रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।  राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण […]

कांग्रेसका पार्टी सभापतिलाई कारवाही गर्न माग

नुवाकोट, २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा […]

कांग्रेस-माओवादी विरुद्ध चुनावलगत्तै आक्रामक बन्ने एमालेको गोप्य तयारी

काठमाडाैं, २८ भदाै । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ। सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो। यद्यपि, […]

भूतपूर्व नेताहरुलाई विलासी सुविधा दिलाउन संसदमा यस्तो डरलाग्दाे चलखेल

काठमाडौं, २८ भदौ । संविधानसभाबाट रुपान्तरित संसदको कार्यकाल सकिनै लाग्दा पूर्व पदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउने चलखेल सुरु भएको छ। महिनौंदेखि संसदको राज्यव्यवस्था समितिमा अलपत्र रहेको पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो। प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसदको कार्यकाल रहने […]

भावुक पत्र लेख्दै डीअार्इजी नवराज सिलवालले छाेडे प्रहरीकाे जागिर

काठमाडाैं, २७ भदाै । अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् । सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज […]

प्रचण्डसँग होइन विप्लवसँग एकता हुने मोहन वैद्यको घोषणा

सुर्खेत, २७ भदाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे बताए । उनले प्रचण्डसँग कुनै हालतमा पनि एकता नहुने बरु विप्लवसँग भने एकता हुनसक्ने बताए […]