कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार, शेखर कोइरालाई ३ सिट

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो लगाएको छ । बुधबार बसेको कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको हो । कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ । नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई […]

सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत सूचीबाट नाम फिर्ता लिइसकेको बताएकी छन् । समानुपातिक बन्दसूचीमा नाम रहेको विषयमा प्रस्ट्याउँदै उनले लेखेकी छन्, ‘…तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले […]

एमालेले लगायो ८ जना उम्मेदवारको टुंगो, नामसहित

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम […]

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारी मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा […]

कुन निर्वाचन क्षेत्रमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा […]

राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती दलहरूसँग कार्यवाहक […]

दुलाल काठमाडौं–२ मा प्रलोपाबाट उम्मेदवार सिफारिस

काठमाडौं । काठमाडौंकाे उत्तरपूर्वी क्षेत्रमा शंकर दुलाल एक असल, सक्रिय तथा प्रतिबद्ध समाजसेवीका रूपमा परिचित नाम हाे। काठमाडौं जिल्लाको शङ्खरापुर नगरपालिका निवासी दुलाल सामाजिक सेवा, स्थानीय विकास र जनसरोकारका विषयमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका छन्। उनी यही योगदान, लोकप्रियता र राजनीतिक प्रतिबद्धताका आधारमा आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक […]

कुलमान, जगदिश र बब्लुलाई प्रधानमन्त्रीले भनिन्– मन्त्री पदबाट राजीनामा दिनुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न […]

कारागारमा रहेका टोपबहादुर सहित पाँच जना एमाले उम्मेदवार सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो। मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री […]

ओलीको निर्देशनमा खोसियो ईश्वर पोखरेलको जिम्मेवारी, विष्णु रिमाललाई दिइयो

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष ओलीले नै पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, […]