बेल्ट एण्ड रोड इनिसियटिभमा रहेर व्यापार विस्तार गर्नुपर्ने महराको जोड

काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली […]

सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।   आयोगले दिएको साँत बुँदे निर्देशन […]

अखिल क्रान्तिकारीको मतगणना सुरु । उपमहासचिवसहित १ सय केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं, १५ भदाै । कीर्तिपुरमा सम्पन्न नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । २१ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ उम्मेदवार बनेका थिए । अहिलेसम्म एक उपमहासचिवसहित करिव १ सय केन्द्रीय सदस्य भने निर्विराेध निर्वाचित भएका छन् । ३३ पदाधिकारीमध्ये […]

जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र । ३५ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र

काठमाडौं, १५ भदाै । निर्वाचन क्षेत्र निर्धारण अायाेगले जनसंख्याका अाधारमा प्रतिनिधि सभाका लागि क्षेत्र निर्धारण गरेकाे छ । जसअनुसार नेपालका ३५ जिल्ला एउटा निर्वाचन क्षेत्रमा सीमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगले आफ्नो बुझाएकाे प्रतिवेदनमा साे कुरा उल्लेख गरिएकाे छ । आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ प्रतिनिधि सभाका लागि १६५ र प्रदेश […]

अनिल शर्मालार्इ अध्यक्ष बनाउन सातै प्रदेशका इन्चार्जको अपील

काठमाडौं, १४ भदाै । नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व कसले पाउला ? पार्टीका नेताहरुले सर्वसम्मतीमा नेतृत्व चयन गर्न गरेकाे प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि चुनाव भइरहेकाे छ । चुनावी मैदानमा अध्यक्ष पदमा दुर्इ जना उम्मेदवारबीच ठूलाे घम्साघम्सी चलिरहेकाे छ । सुरुमा अध्यक्ष पदमा धेरै अाकांक्षी भए पनि अन्तिममा अनिल […]

मन्त्रिपरिषद्ले गर्यो बढुवा, खारेज र दुर्इ चरणमा चुनाव गर्ने निर्णय

काठमाडौँ, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन […]

पूर्व प्रधानान्याधिशकाे ठहर- यहाँ भ्रष्टाचार मात्र हाेइन महालुट हुन्छ

काठमाडाैं, १४ भदाै । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको र न्यायपालिकासमेत त्यसबाट मुक्त नरहेको बताएकी छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले लेखेको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ पुस्तक मंगलबार राजधानीमा सार्वजनिक गर्दै कार्कीले राज्यका सबै निकायमा इमानदारीपूर्वक काम गर्नेहरूलाई अप्ठ्यारामा पार्ने गरिएको बताइन् । ‘केही अदृश्य व्यक्तिहरूको सुझाव […]

आयल निगमको अर्बौको घोटालामा खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा

काठमाडाैं, १४ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे नागरिकलाई विस्तृत जानकारी दिएका हुन्। […]

एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते

धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे […]

गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट

म्याग्दी, १३ भदाै । मुस्ताङकाे एक गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । कुटपिटबारे […]