चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ ः दाहाल

चितवन, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए । नेपाल, चीन […]

सीको भ्रमणमा सुल्झिनुपर्छ लिपुलेकको समस्या

नेपालको पश्चिमोत्तर लिम्पियाधुरा–लिपुलेक–कालापानी सीमा क्षेत्र बिगत ६ दशकदेखि भारतीय अतिक्रमणको चपेटामा छ । नेपाल–भारतबीचको पश्चिमी सीमा नदी महाकाली नदीको वास्तविक उद्गम कालापानी र लिपुलेकदेखि ३० किलोमिटर पश्चिम लिम्पियाधुरामा रहेको छ । तर भारतले सन् ६० को दशकदेखि नेपालको सार्वभौम भूखण्ड कालापानी क्षेत्रमा सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ । भारत र चीनबीच नेपालको सहमति विना […]

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

काठमाडौँ, २४ असोज । विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति […]

असोज २६ गते आइतबार सार्वजनिक विदा दिने संघीय सरकारको निर्णय

काठमाडौं, २४ असोज । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह […]

जलस्रोत उपयोगिताले प्रदेश नं. १ मा समृद्धि आउने

विराटनगर, २४ असोज । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को लक्ष्य हासिल गर्न प्रदेश नं। १ मा रहेका सबै स्रोत, साधन र प्रयासलाई एकीकृत र सुव्यवस्थितरुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रदेशको विकास र समृद्धिका लागि उपलब्ध प्रशस्त सम्भावनाहरुमध्ये जलस्रोत पनि एक हो । यसको दिगो उत्पादन र उपयोगिताले प्रदेश नं। १ ले लिएको […]

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

काठमाडौँ, २३ असोज । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् […]

राष्ट्रपति सी को नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने चीन सरकारको घोषणा

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी […]

महराजस्तै फसाउन कसले खोज्यो नेकपाका नेता देवेन्द्र पौडेललाई, जनाए यस्तो आपत्ती

काठमाडाैं २२ असोज । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा […]

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास

काठमाडौँ, २२ असोज । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रूपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको […]

यस्तो रह्यो राष्ट्रसङ्घ महासभामा यसपाली नेपालको सक्रिय सहभागिता सफलता

काठमाडौँ, २२ असोज । संयुक्त राष्ट्रसङ्घको ७४औं महासभामा नेपालको सक्रिय सहभागिता रहनाका साथै बहुपक्षीयता प्रवद्र्धनमा मुलुकलाई सफलता मिलेको छ । बहुपक्षीय मञ्च संयुक्त राष्ट्र सङ्घमा नेपालका विकासका प्राथमिकता, अन्तरराष्ट्रिय सम्बन्ध, विश्व व्यवस्था, शान्ति र स्थायित्वलगायत नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनका निम्ति फलदायी बनेको छ । यस वर्ष विश्वभरका नेताहरूका निम्ति ७४औँ महासभा बैठक विशेष […]