काठमाडौं । म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ। त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ। यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव […]
राजनीति
संसद विघटनविरुद्ध परेका रिटको पक्षमा बहस सकियो, सोमवारदेखि रिटको विपक्षमा बहस
काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार ९आज० सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिए । गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो । यस बहसमा […]
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट दिँदै
काठमाडौं, १८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्याएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो। एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल […]
आठ कारण देखाउँदै सभामुखले फिर्ता पठाए सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात
काठमाडौं, १८ माघ । संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा पठाएका कागजात सभामुखको कार्यालयले सक्कलै फिर्ता पठाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले यस सन्दर्भका लागि सरकारले पठाएका सबै कागजात फिर्ता गर्दै त्यसरी फिर्ता पठाउनुका ८ कारण समेत दिएका छन् । सभामुखको पत्रमा कानुनका सबै दफाहरु उल्लेख समेत गरिएको […]
यसपटक पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने दावी
काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्। बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्। संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित […]
पेस्तोलसहित लैनचौरबाट एक पक्राउ
काठमाडौँ । काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट […]
यस्ता छन मन्त्रिपरिषदका पछिल्ला निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका निर्णय अनुसार सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति […]
प्रधानमन्त्री पदमा रहेर झूटै झुट बोलेको भन्दै ओलीको दिमागी परिक्षण गराउन आग्रह
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाईंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ […]
लोकसेवाले ठूलो संख्यामा सुब्बामा जागिर खुलायो
काठमाडौं, २९ पुस । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । कूल ८४३ संख्या मध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने लोकसेवाले जनाएको छ । आयोगले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको छ । […]
सर्वोच्चले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु नगर्न परेको रिट खारेज गर्यो
काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले नयाँ पाठ्यक्रम रोक्न भन्दै […]









