बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । […]

५ लाखसहित जुवाको खालबाट १० जुवाडे पक्राउ

पोखरा, ८ भदौ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज […]

बाढी र पहिरोले १८ वटा सिँचाइ आयोजनामा क्षति

सप्तरी, ७ भदौ । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड बराबरको क्षति भएको छ । सिँचाइ आयोजनाका सम्पूर्ण काम समेत प्रभावित भएका छन् । कार्यालय प्रमुख अशोक साहका अनुसार […]

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

काठमाडौँ, ७ भदौ । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले उपाध्यक्ष । उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा […]

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा, ७ भदौ । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण […]

धनगढीमा पनि ‘६ लेन’को सडक निर्माण सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको […]

बाढीपछि सप्तरीमा सर्पको बिगबिगी

राजविराज, ७ भदौ । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । खासगरी बाढी प्रभावित […]

बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

पोखरा, ७ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् । बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरू आफन्तको घरमा बस्दैआएका छन् । खान […]

रसुवागढी नाकाबाट सामान आउन थाले

रसुवा, ७ भदौ । नेपाल–चीनबीचको रसुवागढी नाकाबाट नेपाल भित्रिएका मालसामानको भन्सार परीक्षण र राजश्व असुली कार्य शुरु भएको छ । प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार केही मालवस्तुमाथि लगाइएको परिमार्जित भन्सार शुल्कप्रति व्यवसायीले असन्तुष्टि जनाएका कारण केही समय भन्सार जाँचमा अलमल भएपनि मंगलबारदेखि व्यापारीले आयात गरेका आफ्ना मालवस्तुको घोषणा कार्य शुरु गरेका र एक दिन […]

बाढीबाट चितवनमा मात्र २ करोड ७४ लाखका पशुपक्षी क्षति

चितवन, ७ साउन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको […]